गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकारिता पुरस्कारको घोषण गर्यो

माघ १८, २०७७ – गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकारिता पुरस्कारको घोषण गरेको छ । सेन्टरले आज पत्रकार सम्मेलन गरि उक्त विषयमा जानकारि गराएको हो । सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नव–प्रतिभा पत्रकारिता पुरस्का गरि २ विधामा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

धरान १८ स्थित रत्न चौकमा अवस्थित गोर्खा कम्पनी ट्रनिङ सेन्टरले उक्त पुरुस्कार प्रेस युनियन धरान सँग सहकार्य गरि हरेक वर्ष पुरस्कार प्रदान गर्ने भएको छ । हरेक वर्षको बैशाख महिना अर्थात नयाँ वर्षलाइ अवसर पारेर सो पुरस्कार प्रदान गरिनेछ । सेन्टरका सञ्चालक प्रेम कुमार राईले जनाए अनुसार वीर गोर्खा पत्रकारिता पुरस्कारको लागि नगद राशी २० हजार रहेको छ भने वीर गोर्खा नव–प्रतिभा पत्रकारिता पुरस्कारको लागी नगद राशी १५ हजार रहेको छ । पुरस्कृत पत्रकारहरुले नगद पुरस्कार सहित सम्मान पत्र र दोसल्लाबाट सम्मानित हुनेछन ।

पुरस्कार घोषणा कार्यक्रममा सञ्चालक राईले बताए वार्षिक रुपमा यो पुरस्कार दिइने योजना रहेको छ । यसका साथै चाँडै अक्षय कोष स्थापना गरेर निकट भविष्यमा यसलाई निरन्तरता दिइने उनले प्रतिवद्धता पनि जाहेर गरेका छन ।

विगत केहि वर्ष देखि गोर्खा भर्ती लगाइदिने भन्दै सोझा साझा युवाहरुलाई ठगी गर्नेहरु सलह झै मौलाएको अवस्थामा एक प्रकारको विकृति नै फैलिएको छ यो विकृतिलाई अन्त्य गर्न कलमको सहयता रहेको सञ्चालक राईले बताए । यसै क्रममा उनले भने यस्तो ठगी गर्नेहरुविरुद्ध कलम चलाउने, बृटिस आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाबारे कलम चलाउने पत्रकारहरुलाई पुरस्कार दिइनेछ । यसका साथै गोर्खाको इतिहास, देश निर्माणमा गोर्खाहरुले पु¥याएको योगदान तथा गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरुलाई सम्मान स्वरुप पुरस्कार दिइने सञ्चालक राईले जानकारि दिए ।

सोहि अवसरमा सेन्टरका सञ्चालक राईले मस्तिष्क पक्षघात भइ उपचाररत अवस्थामा रहेका सञ्चारकर्मी दिलिप रिनोहाङ राईको उपचारको लागि नगद १० हजार सहयोग गरेका छन । कार्यक्रम स्थलमै सञ्चालक राईले प्रेस युनियन धरानका संयोजक मात्रिका प्रसाद नेपाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

5 thoughts on “गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकारिता पुरस्कारको घोषण गर्यो

  • March 9, 2023 at 8:38 pm
    Permalink

    Boyce WwLXfWKTssxq 5 21 2022 canadian pharmacy cialis 20mg Another study found that a cognitive behavioral intervention to teach problem solving was effective in promoting better self management of cancer related symptoms, especially for patients aged 60 years or younger

  • Pingback: madridbet

  • Pingback: madridbet

  • Pingback: meritking

  • Pingback: porn

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *