वीपी प्रतिष्ठानमा “कोभिसिल्ड” खोपको दोश्रो डोज लगाउन सुरू

चैत्र १८, २०७७ – धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ विरुद्धको “कोभिसिल्ड” खोपको दोश्रो डोज लगाउन सुरु गरीएको छ ।

आइतबार प्रतिष्ठान आइपुगेको खोप हिजो मंगलबारबाट लगाउन सुरू गरीएको हो । हिजो पहिलो दिन प्रतिष्ठानका चारै पदाधिकारी सहित प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्यमा काम गर्ने कर्मचारीहरू गरी ४ सय जनामा खोप लगाइएको स्कुल अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर डा. विजय खनालले जानकारी गराए । ‘पहिलो दिन ४ सय जनामा कोभिसिल्ड खोपको दोश्रो तथा अन्तिम डोज लगाइएको छ । यसअघि पहिलो डोज लगाएको १७ सय जनालाई हामीले ३ दिन भित्र खोप लगाइसक्ने तयारी गरेका छौ ।’ उनले भने, ‘अपुग भएमा र पहिलो डोज लगाउन छुटेकाहरूमा जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरी अस्पताल प्रशासनले व्यवस्था मिलाउनेछ ।’

यसअघि पहिलो डोज माघ १४ गते लगाइएको थियो । नेपाल सरकारबाट दोश्रो डोजको आपुर्ती ढिला भएकाले दुई महिना पछी दोश्रो डोज लगाउन थालिएको डा. खनालले बताए । खोप लगाएपनि भाइरसको स्वरूप परिवर्तन हुन सक्ने बताउँदै उनले कोभिडबाट बच्ने स्वास्थ्य उपायहरू अपनाउनका लागी आग्रह गरेका छन ।

One thought on “वीपी प्रतिष्ठानमा “कोभिसिल्ड” खोपको दोश्रो डोज लगाउन सुरू

  • January 8, 2023 at 3:59 am
    Permalink

    Of these patients, 344 were subsequently excluded for various reasons, including due to already being treated using antibiotics for an infection and or not participating in follow up beyond 30 days after surgery Figure 1 order cialis

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *