जनप्रगतिशील मंच युकेले अदालतको हस्तक्षेप प्रति प्रेस बिज्ञप्ति जारी

नेपाली जनप्रगतिशील मंच युकेले बुधवार प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै जनयुद्ध नेतृत्व गरेको तत्कालीन बिद्रोही पक्ष (नेकपा माओवादी) र नेपाल सरकार बीच अनमिनको रोहबरमा भएको शान्ति सम्झौतालाई अदालतले हस्तक्षेप गर्ने प्रयास गरेकोले त्यसको प्रतिवाद गरेको छ ।

जनयुद्धबाट प्राप्त चेतना र उपलब्धिहरुको खुलेर उपयोग गरेर पनि त्यसको जगमा प्रहर गर्नु भनेको सिंगो जनयुद्धको बदनाम गर्नु हो। यस्तो क्रान्ति र प्रगतिशील समाजको बिरोधि प्रतिक्रियावादी सामन्ती व्यवस्थाका अनुयायीहरुको छलकपटपूर्ण षड्यन्त्रको बिरोध गर्दै फेरी जनयुद्ध ब्युझाउने काम नगरियोस भनेर बेलायत संगठनले चेतावनी समेत दिएको छ।


प्रेस बिज्ञप्ति नेपाली राजदुतावास लन्डनमा राजदूत ज्ञान चन्द्र आचार्यलाई पनि पठाईएको जानकारी संगठनका अध्यक्ष मान गुरुंगले दिएका छन् ।

जारी प्रेस बिज्ञप्ति :

८ मार्च २०२३

प्रेस बिज्ञप्ति

नेपालमा संक्रमणकालीन न्यायका सम्झौता बिपरित भईरहेका गतिबिधिहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

जनयुद्ध नेतृत्व गरेको तत्कालीन बिद्रोही पक्ष (नेकपा माओवादी) र  नेपाल सरकार बीच अनमिनको रोहबरमा भएको शान्ति सम्झौतालाई अदालतले हस्तक्षेप गर्ने प्रयास गरेकोले यस कार्यको घोर भर्त्सना गर्दैनेपाली जन प्रगतिशील मंच युके  यसको कडा प्रतिवाद गर्दछ।  संक्रमणकालीन न्यायको प्रक्रिया बिपरितका काम कारवाहीहरुले शान्ति सम्झौताको  कार्यान्वयनमा सहयोग नपुर्याउने हुनाले प्रक्रिया बिपरित भईरहेका कार्यहरुलाई तुरुन्तै रोक्न हाम्रो संगठन जोडदार माग गर्दछ ।

अध्यक्ष                                 महासचिव

मान बहादुर गुरुङ                विमला लिम्बु