प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि निगमको जहाज इजरायल पुगेर आज फर्कंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज बेलुका नेपाल वायु सेवा निगमको जहाज इजरायल पुगेर आज करिब २५० नेपाली नागरिकहरु सहित फर्कन लागेको छ ।

नेपालीको उद्दारमा ढिला भइरहेको गुनासोबीच बुधबार विहान प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्दारका लागि आज कुनै हालतमा पनि विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज हिजो राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल गएको बताएको छ ।

इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले कुनै कसर बाकि नराख्ने बताउदै प्रधानमन्त्री प्रचण्डले नेपालीको उद्धारका लागि सबै तयारी गर्न निर्देशन दिदै आएका छन्।