गोर्खाहरु मुद्धामा एक नहुनु दुखद कुरा हो – ज्ञानराज राई

जग हाल्ने काममा कारिन्दाको नाईके थियो यो मान्न पर्छ। नाईकेमा हामीले वहालाई मानेर उठाकै हो तर यस्मा उ एकलैले गरेको होईन। हाम्रो पनि मेहेनत छ।

सुप्रिम कोर्टको फैसला पछि UBGN जन्म्यो। यो संस्थाको २९ जना यूके आएर emergency parliament मा आफ्नो कुरा राखे पछि गोर्खाले केही आश्वासन पाए र त्यो बेला २००६ को एक्टोबर २४ ताकिक देखि गोर्खाको लागि यू के जाने भिसा बन्द गर्नेवाला थियो। हामीले UBGN ले एक महिना बृटिश एमबेशी मा आन्दोलन गरे पछि बन्द नगर्ने भयो। त्यस पछि भिसा त पाउने भो तर मे. टिकेन्द्र दल देवान को पत्र अनुसार जो जो यू के ३ बर्ष बसेको थियो उनीहरूले मात्र पाउने भन्ने पोलिसी अनुसार केही गोर्खाले ILE VISA भटाभट पाए। मैले पनि पाए। तर अरू हामी सगै लाईन लाग्ने ३ बर्ष नपुगेकोले पाएन।तेसपछि हामी यूके आयौं |

युकेमा ILR  पाएका धेरै साथीहरू थिए। UBGN र गेसोको संगठीत आन्दोलनमा सबैले ILE Visa घोषणा भो। म पनि आबद्द थिए यो आन्दोलनमा।यहा सम्म गेसोको कदम ठीक थियो। तर पदम प्रति गुनासो भनेको ILE को आन्दोलन पछि पोखरामा मान्छे जमा गरेर अब गोर्खा आन्दोलन समाप्त भो भने पछि चित्त दुखेको मात्र हो। हो पदमले जानि नजानि तेहा सम्म गरेकै हो। तेहा सम्मको कदमलाई मान्न पर्छ। तर तेसपछिको गेसोको कुनै योगदान नभएको महसूस हुन्छ। गेसोको आन्दलनको कति कति पैसा उठ्यो तेस्को transparency पनि छैन। मैले मात्र पटक पटक गरि रू तिन लाख भन्दा बडी दिए। अरू दानबीरहरूले त झन कति दिए होलान।

दोस्रो भोकहडतालमा गेसो र अरू कून कून संस्थाले यो भोकहडतालमा हाम्रो बिमती छ भनेर एम ओ डीलाई चिठीनै लेख्यो भन्दा त झन चित्त नदुख्ने कुरै भएन। जे जस्तो भए पनि पदमले यो आन्दोलन टुंग्याएको भए ज्ञानराज राई ले ऐले सम्म यत्रो संघर्ष गर्ने दिन आउदैनथ्यो। ऐले सम्मको आन्दोलनमा सबै पार्टी एक भएको भए पनि शायद कुरो पहिल्यै टुगिन सक्थ्यो होला। म पदम बिरोधी होईन गेसो बिरोधि पनि होईन तर सबै मिलेर जानु पर्थ्यो यहीनै हामी सबैको चित्त दुख्ने कुरा हो।