ओएनएफ युके महिला विभागको लण्डनमा तीज बिशेष कार्यक्रम   

राम माया बिष्ट, लण्डन |

जहाँ बसे पनि जे गरे पनि आफ्नो पहिचान भनेको हाम्रो सस्कृति र सस्कार हो ।  

आफ्नो सास्कृतिक र परम्परा अनुसार गत १० सेपटेम्बार  सन २०२३ आईतवारका दिन बेलायतको साउथ इस्ट लण्डनमा  हरितालिका तीज २०२३ भब्यतका साथ् समपन्न भएको छ ।  

प्रबासी नेपाली मंच युके, महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक बिभागले आयोजना गरेको कार्यक्रममा नेपाली राजदुतावास बेलायतका उपनियोग प्रमुख रोशन खनालको प्रमुख अतिथी, ओ.एन. एफ युकेका अध्यक्ष तुङ्ना भुशाल, ग्रिविच बरोका अप मेयर जित रानाभाट बिशेष अतिथी थिए ।  

सुदेश बजगाईंको अध्यक्षतामा सम्पन्न हरितालिका तीज २०२३ कल्पना त्रिपाठी ब्यबस्थापन रहेको बिभिन्न तीज बिशेष गीत, गजल, कबिता र नृत्यले उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए ।  

बिशेष अतिथी, प्रमुख अतिथीको शुभकामना मन्तब्य संगै अध्यक्षले कार्यक्रमको  समापन गरेका थिए र तीज बिशेष खान पिन पछि   खुल्ला नाचगान संगै तीज बिशेष कार्यक्रम  २०२३ भब्य रुपमा सम्पन्न भएको छ ।