सेनाद्धारा आङ सान सुकि गीरफ्तार, सेनाद्धारा एक वर्षकाे लागी संकटकाल घाेषणा

माघ १९, २०७७ – म्यान्मारको सत्तारूढ दल न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) की नेत्री आङ सान सूकीलाई म्यानमार सेनाले गीरफ्तार गरेकाे छ । उक्त पार्टीका प्रवक्ता म्याे न्युनले सञ्चारमाध्यमलाइ बताए अनुसार सुकीका साथै राष्ट«पती वुइन मीयन र अन्य नेताहरूलाइ पनि गीरफ्तार गरिएकाे छ ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूकिलाई गीरफ्तार गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सीट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको दावी गर्दै अाएकाे छ।

प्रवक्ता न्युनले सञ्चारमाध्यमार्फत ” हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् र उनीहरूलाइ कानुन अनुसार राखियाेस,” भन्दै अनुराेध गरेका छन ।

नेत्री सुकि लगायतका अन्य नेतालाइ गीरफ्तार गरे लगत्तै म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। नेत्री सुकि लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न भएकाे विवादकाबीच सैनिकले याे कदम चालेकाे खबर छ । सेनाको टेलिभिजनले सेनाकाे याे कदमसँगै एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जानकारि गराएकाे छ।

30 thoughts on “सेनाद्धारा आङ सान सुकि गीरफ्तार, सेनाद्धारा एक वर्षकाे लागी संकटकाल घाेषणा

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *