सर्वोच्च अदालतमा पूर्ण बैठक आज बस्दै

जेष्ठ २१, २०७८ – सर्वोच्च अदालतको न्यायधीशहरुको पूर्ण बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीशहरू सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन ।

सार्वजानिक सूचनामा उल्लेख गरिए अनुसार बैठकमा कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुनेछ । तर विविध शीर्षकको एजेण्डा पनि राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने सुचनाकाे आधारमा अनुमान गरिएकाे छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ ।

न्यायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मानेका छैनन भने उनीहरुकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका छन । संवैधानिक इजलासको विषयमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले जबराले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने बताएका छन ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *