धरानका दुई युवायुवती लागुऔषधसहित विराटनगरमा पक्राउ

मोरङ: धरानका दुई जना युवायुवती मोरङको बिराटनगर १६ बाट लागुऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान १६ का २४ बर्षीय मनिस भुजेल र २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन् । हिजो मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एभिल १०एम्पुल, फेनारगन १०एम्पुल, लुपिजेसिक १० एम्पुल र डाईजोल्याब १० एम्पुल फेला परेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *