नेपालको व्यापारमा १२ खर्ब नाघ्यो घाटा

असार १२, २०७८ – पछिल्लो ११ महिनामा नेपालले १२ खर्बको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष ०७७÷७८ को पहिलो ११ महिनामा भन्सार विभागले सार्वजानिक गरेको तथ्याङ्कमा सो घाटा देखाएको छ ।

हिजो शुक्रबार भन्सार विभागले सार्वजानिक गरेको तथ्याङ्क अनुसार समग्रमा नेपालले चालु अर्थिक वर्ष ०७७÷०७८ मा १२ खर्ब ११ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यो ११ महिनामा नेपालले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपैयाँको वैदेशिक सामान आयात गरेको छ भने करिब ८७ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ बराबरको मात्र सामान निर्यात गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालको छिमेकी मुलुक भारतसँगको व्यापारमा मात्र ७ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँको व्यापार घाटा नेपालले व्यहोरेको छ । पछिल्लो ११ महिनामा भारतबाट ८ खर्ब ४१ अर्ब ६७ करोड ६७ लाख रुपैयाँको आयात गरेको छ भने नेपालले भारतमा ५६ अर्ब ५९ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको तुलनामा भारत सँगको व्यापारमा नेपालले यो वर्ष अझ बढी व्यहोरेको छ । गत वर्ष नेपालले भाारतसँगको व्यापार घाटा ५ खर्ब रुपैयाँ बराबरको मात्र थियो ।

त्यसै गरेर उत्तरी छिमेकि मुलुक चीनसँगको व्यापारमा २ खर्ब ९ अर्ब ५७ करोड ९५ लाख ९७ हजार घाटा पुगेको छ । २०७७ साउन देखि २०७८ जेठसम्मको अवधिमा चीनबाट नेपालमा २ खर्ब १० अर्ब ५१ करोड ९८ लाख ५९ हजारको वस्तु आयात भएको भन्सार विभागले सार्वजानिक गरेको तथ्याङ्कले देखाएको छ । सो अवधिमा नेपालबाट चीनमा मात्र ९४ करोड २ लाख ६२ हजारको मात्र वस्तु निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

6 thoughts on “नेपालको व्यापारमा १२ खर्ब नाघ्यो घाटा

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *