धरान १७ की एकल महिला जानुकामाया विश्वकर्माको घर निर्माणका लागी १ लाख नगद जम्मा

मंसिर २०, २०७७ – धरान १७ विजुवा मार्ग निवासी एकल महिला जानुकामाया विश्वकर्माको घर निर्माणका लागी १ लाख नगद जम्मा भएको छ ।

यसअघि धरानका पत्रकारहरूले देउसी खेलि संकलन गरेको रकम, मजदुर संगठन तथा विभिन्न दाताहरूबाट ८२ हजार नगद संकलन गरी विकको नाममा जम्मा गरीदिएको थियो । त्यसैमा धरानमा पत्रकारहरूले अघिल्लो वर्ष तिहारका बेला देउसी खेलेर जम्मा गरेको १८ हजार आज थप गरिदिएपछी कुल रकम १ लाख पुगेको घर निर्माण अभियन्ता अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले जानकारी गराए । नगद हस्तान्तरण गर्न १७ का अध्यक्ष मनोज भट्टराई, युवा नेता दिपक बनेपाली, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, पत्रकार रोहित राई लगायत विकको घरमा पुगेका थिए ।

नगद हस्तान्तरण गर्दै धरान १७ का अध्यक्ष भट्टराईले विकको घरको नक्सा तयार भईसकेको बताउँदै भोली सामान ल्याएर पर्सि सोमबारबाट घर निर्माणको थालनी गर्ने बताए । ‘यसअघि धरान १७ का पत्रिका बेच्ने हकर ज्ञानबहादुर माझीको घर निर्माणका अगुवा जनकऋषिलाई विकको समेत घर निर्माणका लागी कुरा राखेको थिए ।’ उनले भने, ‘त्यसपछी पत्रकारको देउसीमा संकलित रकमबाट विकको घर निर्माणको अभियान थालनी भयो । विकको घरको नक्सा तयार छ, भोली घर निर्माण सामग्री झार्नेछाै र पर्सिबाट निर्माण थालनी गर्नेछाै ।’

यसअघि नै निर्माण थालनी गर्ने सोच बनाएको भएपनि बिचमा जनता आवासमा समेत विकको नाम परेकोले त्यसको पैसा पर्खिरहँदा ढिला भएको अध्यक्ष भट्टराईले बताए । ‘जनता आवासको पैसा नआएकाले अब हामी आफैले घर निर्माण गर्ने तयारी गरेका हाै ।’ उनले भने, ‘जनशक्तिका लागी हामी आफै खट्ने तयारी गरेका छाै । एउटा मिस्त्री राख्ने र विहान र दिउँसोको सिफ्ट गरी स्थानिय युवाहरूलाई नै जनशक्तिका रूपमा खटाउने छाै ।’ विकको घर निर्माणका लागी सहयोग गर्न इच्छुकहरूले सामाग्री, नगद वा श्रम जसरी पनि सहयोग गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।

एकल महिला विकको जग्गामा रहेको जिर्ण घरमा हाल १८ वर्षिय छोरा र १५ वर्षिय छोरी साथमा बस्दै आएको छ । विकले घरमा नै सामान्य चट्पटे बेचेर जिविकोपार्जन गर्दै आएकी छिन । विकको नाममा रहेको १० धुर जग्गामा घर निर्माण हुने भएको हो । विकको सहयोगका लागी लक्ष्मी बैंक धरान शाखामा रहेको जानुकामाया विश्वकर्माको खाता नं. ०२३२३०६२०७५ मा सहयोग गर्न सकिने वा सिधै धरान १७ विजुवा मार्गमा गएर प्रत्यक्ष भेट गरी सहयोग गर्न सकिनेछ ।

One thought on “धरान १७ की एकल महिला जानुकामाया विश्वकर्माको घर निर्माणका लागी १ लाख नगद जम्मा

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *